नियम २क
पर्वतारोहणका लागि हिमालचुली खुला गर्ने

(१) ऐनको दफा १७ बमोजिम नेपाल सरकारले पर्वतारोहणका लागि हिमालचुली खुला गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्वतारोहणका लागि खुला गरिएका हिमालचुलीको नाम, उचाई, हिमालय श्रृंखला, भौगोलिक अवस्थिति समेतको विवरण मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।